२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

सिगासमा सातौँ राष्ट्रपति रनिङ शिल्ड पौष ७ गते देखि सञ्चालन हुने

SansherOnline SansherOnline
शुक्रबार १५, मङि्सर २०८० ०९:१५
सिगासमा सातौँ राष्ट्रपति रनिङ शिल्ड पौष ७ गते देखि सञ्चालन हुने

बैतडी : बैतडीको सिगास गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष ७ गते देखि सञ्चालन हुने भएको छ । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ शैक्षिक सत्र २०८० अन्तर्गत सातौँ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष ७ गते देखि १० गते सम्म सञ्चालन हुने भएको हो ।

गाउँपालिका भरीका माध्यमिक विद्यालयका प्रधानाध्यापक हरुको हिजो बसेको संयुक्त बैठकबाट गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अर्जुन माध्यमिक विद्यालय गाँजरीको खेलमैदानमा आयोजना हुने शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।

जिल्ला खेलकुद समितिले एक सूचना जारी गर्दै माघ १५ गतेभित्र जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न हुने जनाएपछि गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौषमा हुन लागेको हो । 

सिगास गाउँपालिकाले खेलकुद क्षेत्रको विकासका लागि विगतमा पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्दै आइरहेको थियो ।

प्रतिक्रिया