२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

फिफा वरीयतामा नेपाल २ स्थान तल झरेर १ सय ७५ औँ स्थानमा

SansherOnline SansherOnline
बिहिबार १४, मङि्सर २०८० ०५:५४
फिफा वरीयतामा नेपाल २ स्थान तल झरेर १ सय ७५ औँ स्थानमा

काठमाण्डाै : फिफा वरीयतामा नेपाल २ स्थान तल झरेकाे छ । नयाँ वरीयताअनुसार नेपाल १ सय ७५ औँ स्थानमा छ ।

नेपाल यसअघि १ सय ७३ औँ स्थानमा थियाे । विश्वकप छनाेटअन्तर्गत खेलेका २ खेलमै पराजित भएका कारण नेपालकाे वरीयता खस्किएकाे हाे । नेपालले फिफाको नोभेम्बर विन्डोमा विश्वकप छनोटअन्तर्गत यूएई र यमनसँग खेलेकाे थियाे । नेपाल यूएईसँग ४–० र यमनसँग २–० गाेल अन्तरले पराजित भएकाे थियाे ।

फिफाकाे नयाँ वरीयताअनुसार अर्जेन्टिना शीर्ष स्थानमै छ । वरीयताकाे दाेस्राे स्थानमा फ्रान्स, तेस्राे स्थानमा इङ्ग्ल्यान्ड, चाैथाे स्थानमा बेल्जियम र पाँचाैँ स्थानमा ब्राजिल छन् । यसैगरी नेदरल्यान्ड्स, पाेर्चुगल, स्पेन, इटाली र क्राेएसिया शीर्ष १० मा छन् ।

प्रतिक्रिया