२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

बैतडीको झुलाघाटबाट एमालेको मध्यपहाडी लोकमार्ग सङ्कल्प यात्रा सुरु

SansherOnline SansherOnline
बिहिबार १४, मङि्सर २०८० ०८:१६
बैतडीको झुलाघाटबाट एमालेको मध्यपहाडी लोकमार्ग सङ्कल्प यात्रा सुरु

 बैतडी : नेकपा एमालेले आज मध्यपहाडी लोकमार्ग यात्रा सुरु गर्दै देशको बीच भागबाट पूर्व–पश्चिम जोड्ने यो लोकमार्गले छोएका जिल्लाहरूमा एमालेले विभिन्न कार्यक्रम गर्दैछ । यात्राको सम्पूर्ण तयारी पूरा भएको एमालेले जनाएको छ । 

यात्रा बैतडीस्थित मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु झुलाघाटबाट सुरु हुनेछ । आज अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटमा यात्रा उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि ओली मध्यपहाडी लोकमार्ग हुँदै सुर्खेतसम्म जाने छन् ।
यात्रा यो लोकमार्गको जिरो प्वोइन्ट कोशी प्रदेशको पाँचथरस्थित चिवा भञ्ज्याङ पुगेर सकिनेछ । यात्राका क्रममा एमालेले कोणसाभा, अन्तर्क्रिया, छलफल, आमसभा आयोजना गर्नेछ । 

प्रतिक्रिया