२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

निङ्गलाशैनी भगवती मन्दिरको आरतीमा एमाले अध्यक्ष ओली सहभागी

SansherOnline SansherOnline
बुधबार १३, मङि्सर २०८० ०८:०८
निङ्गलाशैनी भगवती मन्दिरको आरतीमा एमाले अध्यक्ष ओली सहभागी

बैतडी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निङ्गलाशैनी भगवती मन्दिरको दर्शन गरेका छन् ।आजै बैतडी पुगेका अध्यक्ष ओलीले देहीमाण्डौंस्थित निङ्गलाशैनी भगवतीको दर्शन गरेका हुन् । 

मन्दिरको सन्ध्याकालिन आरतीमा समेत सहभागी भएका ओलीलाई भगवतीको प्रसाद स्वरुप तामाको गाग्री प्रदान गरिएको छ । ओलीले मन्दिरमा पूजापाठ समेत गरेका थिए । 

अध्यक्ष ओलीले भोली झुलाघाटमा राष्ट्रिय झण्डा झन्डोत्तोलन गरेर “सम्वृद्धिका लागि सङ्कल्प यात्रा २०८०”को प्रारम्भ गरिसकेपछि ।  ११ बजे गोठलापानी बजारमा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया