२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

एमाले अध्यक्ष ओलीसहित प्रमुख नेताहरू बैतडीमा

SansherOnline SansherOnline
बुधबार १३, मङि्सर २०८० ०५:३२
एमाले अध्यक्ष ओलीसहित प्रमुख नेताहरू बैतडीमा

बैतडी : नेकपा(एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओली सहित एमालेका प्रमुख नेताहरूको टोली बैतडी पुगेको छ । 

एमालेले बिहीबारबाट सुरु गर्ने झुलाघाट–चिवाभन्ज्याङ सङ्कल्प यात्राका लागि नेताहरू बैतडी पुग्नुभएको हो । अध्यक्ष ओलीले भोली झुलाघाटमा राष्ट्रिय झण्डा झन्डोत्तोलन गरेर “सम्वृद्धिका लागि सङ्कल्प यात्रा २०८०”को प्रारम्भ गर्ने कार्यक्रम रहेको छ । 

अध्यक्ष ओलीले बिहान ८ बजे झन्डोत्तोलन गरिसकेपछि ११ बजे गोठलापानी बजारमा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टीका १ सय बढी केन्द्रीय नेताहरू बैतडी पुगेको पार्टी जिल्ला अध्यक्ष सुरेन्द्र पालले बताउनुभयो ।

बैतडीबाट सुरु गरिने सङ्कल्प यात्रा ३ हप्तापछि पाँचथर जिल्लाको चिवाभन्ज्याङ पुगेर सम्पन्न गरिनेछ ।

प्रतिक्रिया