२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

रास्वपाका सबै सांसद केन्द्रीय सदस्य

SansherOnline SansherOnline
बुधबार १३, मङि्सर २०८० ०३:०२
रास्वपाका सबै सांसद केन्द्रीय सदस्य

काठमाण्डाै : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका छन् । 

महोत्तरीको जलेश्वरमा आज बुधवार बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १५ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो । पार्टीका छ जना सांसद यसअघि नै केन्द्रीय सदस्य थिए । याे निर्णयपछि पार्टीमा केन्द्रीय सदस्यको सङ्ख्या ५४ पुगेको छ ।

पार्टीका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका १५ जना सदस्यलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरेको जानकारी दिनुभयो । बैठकमा पार्टीको पदाधिकारी चयन र महाधिवेशनको प्रक्रियाबारे छलफल भएको थियो ।

प्रतिक्रिया