२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

सिगासका विवेक बेङ्लोरमा अस्ताए, घरपरिवारमा रुवाबासी

SansherOnline SansherOnline
बुधबार १३, मङि्सर २०८० ०९:१६
सिगासका विवेक बेङ्लोरमा अस्ताए, घरपरिवारमा रुवाबासी

बैतडी: बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका-८ घर भएका २२ बर्षीय विवेक अवस्थीको मृत्यु भएको हो । मृत्युको कारण भने खुल्न सकेको छैन ।  

विवेक विगत् २ वर्ष देखि बेङ्लोरमा कम्प्युटर इन्जिनियर पढिरहेका थिए । उनी घरका एक्लो छोरा हुन । उनका बुबा पुर्व नेपाल प्रहरी पनि थिए । एक्कासी छोराको मृत्युको खबर पाएपछि अहिले अवस्थीको घर परिवार शोकमा डुबेको छ । 

आमा बुबाको सपना आफ्नो सपना पूरा गर्छु भनेर बेङ्लोरमा पढिरहेका थिए । उनको निधन भएपछि घरपरिवार सम्हालिन गाह्रो भएको छ । 

प्रतिक्रिया