२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

एमाले अध्यक्ष ओली आज बैतडी आउँदै , अनारखोलीमा स्वागत

SansherOnline SansherOnline
बुधबार १३, मङि्सर २०८० ०८:३१
एमाले अध्यक्ष ओली आज बैतडी आउँदै , अनारखोलीमा स्वागत

बैतडी : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बैतडी आउन लागेको एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिएका छन्। 

भण्डारीका अनुसार अध्यक्ष ओलीसहित केन्द्रीय कमिटिका पदाधिकारी र सदस्यहरु दिउँसो २ बजे बैतडीको अनारखोली पुग्ने कार्यक्रम रहेको छ । 

अनारखोलीमा अध्यक्ष ओलीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ भने त्यसपछि पाटनमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई अध्यक्ष ओलीले सम्मान गर्ने कार्यक्रम रहेको उपसचिव भण्डारीले बताए । 

यस्तै साँझ ५ बजे प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरको सन्ध्याकालिन आरतीमा अध्यक्ष ओलीसहितको टोली सहभागी हुने नेकपा एमाले बैतडीले जनाएको छ ।

संकल्प यात्रा अभियान उद्दघाटनका लागि अध्यक्ष हिजै धनगढी पुगीसकेका छन् । भोलि बिहान साढे ८ बजे झुलाघाटमा यात्रा अभियानको उद्दघाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया