२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा’को तयारी तीब्र

SansherOnline SansherOnline
मङ्गलबार १२, मङि्सर २०८० ०९:४८
नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा’को तयारी तीब्र

बैतडी : नेकपा एमाले बैतडीले जिल्लाको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्मको ‘समृद्धिका लागि सङ्कल्प यात्रा, २०८०’को तयारी तिब्र पारेको जनाएको छ । नेकपा एमालेको जिल्ला कमिटिदेखि पालिका कमिटि, वडा कमिटि, जनवर्गीय संगठनले आवश्यक तयारी थालीसकेको नेकपा एमालेका जिल्ला कमिटिका उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए । 

संकल्प यात्राको व्यवस्थापनको लागि गठन गरिएका विषयगत समितिले पनि काम थालीसकेको उनले बताए । जनपरिचालनको लागि आवश्यक तयारी थालिएको नेकपा एमाले बैतडीले जनाएको छ । 

यो यात्रा मध्यपहाडी लोकमार्गकेन्द्रित हो । यही मंसिर १४ गते झुलाघाट बाट एमाले अध्यक्ष ओलीले बिहान ८ बजे संकल्प यात्राको समुदघाटन गर्नुहुने छ । त्यसपछि सहीद दशरथचन्दको साकिलमा माल्यर्पण कार्यक्रम हुने छ । त्यसपछि बिहान ११ बजे गोठलापानीमा विशाल आमसभाको आयोजना हुने नेकपा एमालेले जनाएको छ । नेकपा एमालेका अनुसार राष्ट्रिय एकताको सवल आधार निर्माण गर्ने उद्देश्यले १५ दिने अभियान आयोजना गर्न लागेको हो । 

नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को तयारी तिब्र,

प्रतिक्रिया