२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

डडेल्धुरामा चार महिनामा दुई सय ४९ फर्मको अनुगमन

SansherOnline SansherOnline
सोमबार ११, मङि्सर २०८० ०७:०६
डडेल्धुरामा चार महिनामा दुई सय ४९ फर्मको अनुगमन

तर्कराज भट्ट-डडेल्धुरा : डडेल्धुरामा चार महिनाको अवधिमा दुई सय ४९ वटा फर्मको अनुगमन गरिएको छ । चार महिनाको अवधिमा बजार अनुगमनका क्रममा एक सय दुई वटा पसल तथा फर्म बाट लाखौँ मुल्य बराबरका अखाद्य बस्तु बरामद गरि नष्ट गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुराका अनुसार जिल्लाको संयुक्त बजार अनुगमन टोलीले जिल्लाका सात वटै स्थानियतहहरुका मुख्य बजारहरुमा गरेको अनुगमनका क्रममा फेलापरेका अखाद्य बस्तुहरु बरामद गरेर नष्ट गरेको हो ।

कार्यालयका सुूचना अधिकारी अभिलाशा अर्यालका अनुसार चालु आर्थिक वर्षको साउन देखी कार्तिक मसान्त सम्म जिल्लाका बिभिन्न स्थानमा रहेका पसल तथा उद्योगहरुको अनुगमन गर्दा एक लाख ७५ हजार चार सय २४ मूूल्य बराबरको अखाद्य बस्तु जफत गरि नष्ट गरिएको छ । उपभोक्ताहरुको अधिकार संरक्षणका लागि चालु आर्थिक वर्षको शुरुवात देखि नै डडेल्धुरामा बजार अनुगमन गरिएकोमा चार महिनाको अवधीमा सो मुल्य बराबरका अखाद्य बस्तुहरु बरामद गरेर नष्ट गरिएको अर्यालले जानकारी दिए । 

यस्तै बजार अनुगमनका क्रममा २५ ओटा खाद्य वस्तुको नमूना संकलन गरिएको छ । ती मध्ये एउटा नमूना प्रतिकुल आएको छ । नमूना प्रतिकुल देखिएपछि व्यापारी माथि अनुसन्धान गरेर आबस्यक कारबाही गरिने सूचना अधिकारी अर्यालले जानकारी दिए ।

पछिल्लो समय केहि व्यापारिहरुले उपभोग्य मिति हेरेर आफैले म्याद नाघेको अखाद्य बस्तु नष्ट गरेकोले यसबाट उपभोक्ताको हितको लागि विक्रेता पनि जिम्मेवार भएका तथा बजार अनुगमनका क्रममा उपभोक्ताहरुलाई पनि अधिकारबारेमा जानकारी दिने गरिएको उनको भनाई छ ।

प्रतिक्रिया