२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

पाटनमा ग्लोबल आईएमई बैंकको नयाँ शाखा,खोडपे बजारमा  एटीएम सञ्चालनमा

SansherOnline SansherOnline
सोमबार ११, मङि्सर २०८० ०६:३०
पाटनमा ग्लोबल आईएमई बैंकको नयाँ शाखा,खोडपे बजारमा  एटीएम सञ्चालनमा

बैतडी : पाटनमा ग्लोबल आईएमई बैंकको शाखा सुरु भएको छ ।  सेवा सेन्टरको रुपमा सञ्चालन भइरहेको ग्लोबलले आफ्नो शाखा विस्तार गरेको हो । पाटन नगरपालिका नगरप्रमुख गौरीसिह रावलले शाखाको आईतबार एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । 

यता डडेल्धुरा शाखा अन्तरगतको खोडपे उपशाखाले खोडपे बजारमा  एटीएम सञ्चालनमा ल्याएको छ । सोमबार एक कार्यक्रमकाबीच एटीएमको उद्घाटन गरिएको हो । 

पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्ट र वडा नं १० का वडा अध्यक्ष धन बहादुर कुवँरले सयुक्त रुपमा एटीएमको उद्घघाटन गरेका थिए ।

प्रतिक्रिया