२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

दशरथचन्दमा चितुवाको आक्रमणबाट एक जना घाइते

SansherOnline SansherOnline
सोमबार ११, मङि्सर २०८० ०५:१२
दशरथचन्दमा चितुवाको आक्रमणबाट एक जना घाइते

बैतडी : बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन्। दशरथचन्द नगरपालिका–२ ज्वाँकट्टेका ४५ बर्षीय मानसिंह धामी चितुवाको आक्रमणबाट घाइते भएका हुन् । 

बाख्रा चराइरहेका धामीमाथि चितुवाले आक्रमणगरी घाइते बनाएको आफन्तले बताएका छन् ।  धामीको हातमा चोट लागेको र जिल्ला अस्पताल बैतडीमा उपचार गरिएको आफन्त कृष्ण बहादुर बोहराले बताए । अन्य गोठालाहरुले चितुवाले आक्रमण गरेको थाहा पाएपछि सबै मिलेर चितुवालाई धपाएका थिए । 

प्रतिक्रिया