२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

सिगासको डुँडै नजिकै जिप दुर्घटना

SansherOnline SansherOnline
सोमबार ११, मङि्सर २०८० ११:४६
सिगासको डुँडै नजिकै जिप दुर्घटना

बैतडी : बैतडीमा जिप दुर्घटना भएको छ । सिगास गाउँपालिक–३ तर्फ गइरहेको सु प प्र ०४००१ च००४३ नम्बरको जिप सिगास ३ को डुँडै नजिकै सोमबार बिहान दुर्घटना भएको हो ।  

जिपमा चालक मात्रै रहेको र उनि सकुसल रहेको बुझिएको छ । जिप सडकबाट गरिब डेढ सय मिटर तल खसेको छ । 

ब्रेक फेल भएर जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए । यात्रु लिनका लागि गइरहेको जिप दुर्घटनामा परेको उनले बताए । 

प्रतिक्रिया