२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

बैतडीमा लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानको शुरुवात , पाटनकी जानकीले पाईन् राहात

SansherOnline SansherOnline
शनिबार ०९, मङि्सर २०८० ०७:०४
बैतडीमा लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानको शुरुवात , पाटनकी जानकीले पाईन् राहात

बैतडी : लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानको सुरुवातमा पाटन नगरपालिकाले एकल महिलालाई सहयोग गरेको छ। 

पाटन नगरपालिका–९ गैराखान बस्ने जानकी धामीलाई घराईसी समाग्री सहयोग गरिएको नगरपालिकाले जनाएको छ । शनिबार नगरपालिकाले खाद्यान्नका सामान, ओड्ने उछ्याउने, लगाउने लुगा कपडा, खाना पकाउने खाने भाडाकुडाहरु र सरसफाइका समाग्री सहयोग गरेको लैङ्गिक हिंसा राहात कोषका संयोजक तथा नगरउपप्रमुख कमलसिह बोहरा अपीले बताए । 

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा प्रभावित महिलाहरुलाई नगरपालिकाको लैङ्गिक हिंसा राहात कोषबाट सहयोग गरिएको महिला बालबालिका तथा ज्येष्ट नागरिक शाखा प्रमुख विष्ना भण्डारीले बताइन्।

लक्ष्मी बिष्टले जानकारी गराएपछि नगरपालिको टिमले अनुगमन गरेर राहत समाग्री सहयोग गरेको महिला बालबालिका तथा ज्येष्ट नागरिक शाखा प्रमुख भण्डारीले बताइन् । 

पाटन नगरपालिका वडा नं ९ को कार्यालयले समेत धामीको घर मर्मत सम्भारका लागि २० हजार बजेट विनियोजन गरिसकेको छ । यस्तै वडा कार्यालयबाट यसअघि पनि धामीलाई १० हजार सहयोग गरिएको पाटन ९ अध्यक्ष कालुसिंह भाटले बताए । वडा कार्यालयबाटै प्रदान गरिएको सोलार सेट समेत आजै धामीको घरमा जडान गरिएको छ । 

यस्तै दशरथचन्द नगरपालिकामा पनि आज अभियानको उद्दघाटन गरिएको छ । 

प्रतिक्रिया