२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

गजल : च्वाँगढमा नारा घन्काउने सरकारको केवुलकार पुगेन

SansherOnline SansherOnline
बिहिबार ०४, असोज २०८० ०९:२१
गजल : च्वाँगढमा नारा घन्काउने सरकारको केवुलकार पुगेन

टेकेन्द्र सिंह धामी / बैतडी : 

मेरो गाउ बस्तीको पिडा अखबारमा पुगेन,
सिटामोल नपाई मरे जनता सरकारमा पुगेन ।।

यहाँ दलित निमुखा गरिबका पिडा उस्तै छन,
उपचार छैन एम्वुलेन्स गाउँको कारमा पुगेन ।।

दुर्गम पालिका खच्चरमा समान ढुवानि हुन्छ,
खच्चर नपुग्ने ठाउँको नुन बजारमा पुगेन ।।

चुनावको बेला सबैको पिडा बुझ्ने सरकार,
अहिले बारम्वार राखेको प्रश्न दरबारमा पुगेन ।।

खाल्डा खुल्डी सडक छन यात्रा जोखिपुर्ण छ,
हत्केलामा जिन्दगी कहिल्यै किनारमा पुगेन ।।

अन्धोपनको सोजो फाइदा लिन्छ सरकार,
सोचे जस्तै सपना कहाँ पुग्छन् हतारमा पुगेन ।।

च्वाँगढमा विकासका मुल फुटाउछौँ भन्दै,
नारा घन्काउने सरकारको केवुलकार पुगेन ।।

प्रतिक्रिया