२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

आज हरितालिका तीज , बैतडीमा तिजको रौनक

SansherOnline SansherOnline
सोमबार ०१, असोज २०८० ०८:२३
आज हरितालिका तीज , बैतडीमा तिजको रौनक

बैतडी : बैतडीमा पनि हरितालिका तिजको रौनक बढेको छ ।आज अटल सौभाग्यको कामना गरी धुमधामले तीज मनाइँदैछ । बैतडी सदरमुकाम गोठलापानी सहित बजारदेखि गाउँघरसम्म तिजको स्वागतका लागि हप्तौदेखि दर खाने कार्यक्रमको आयोजना गरिएका थिय । तिज नेपाली हिन्दू नारीले विषेश महत्त्वका साथ मनाउने गर्दछन् ।  

भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन विषेश रूपमा मनाइने यो पर्वमा भगवान शिवको पूजा आरधना गरिनुका साथै कठोर व्रत बसेर नाचगान एवं मनोरञ्जन गर्ने परम्परा छ । नेपाली हिन्दू महिलाले तिज आउनुभन्दा १०÷१५ दिन अगाडिबाट नै हर्षोल्लासका साथ मनाउन सुरु गर्छन् ।

हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य अवस्था राम्रो होस् भन्ने उद्धेश्यले कठोर रूपमा पहिलोपटक व्रत राखेको धार्मिक विश्वासका साथ हिन्दू नारीले यो पर्व मनाउँदै आएका छन् । 

हिजो दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

तीज पर्वको अवसरमा पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा महिला भक्तजनहरुको चहलपहल बढेको छ ।

प्रतिक्रिया