२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

पुर्चौडी बहुमुखी क्याम्पसमा,तिजको शुभकामना तथा दरखाने कार्यक्रम आयोजना हुँदै

SansherOnline SansherOnline
शनिबार ३०, भदौ २०८० ११:३१
पुर्चौडी बहुमुखी क्याम्पसमा,तिजको शुभकामना तथा दरखाने कार्यक्रम आयोजना हुँदै

बैतडी : हिन्दु महिलाहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा पुर्चौडी बहुमुखी क्याम्पसमा तिजको अवसरमा शुभकामना आदान प्रदान तथा दरखाने कार्यक्रमको आयोजना गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन पुर्चौडी बहुमुखी क्याम्पस हाट बैतडीले भदौ ३१ गते भोली कार्यक्रम आयोजना गरेको हो । 

स्वतन्त्र विद्यार्थी युनियन पुर्चौडी बहुमुखी क्याम्पसमा तीजको अवसरमा शुभकामना आदान प्रदान तथा स्थानिय कलाकारको उपस्थितीमा तीज बिषेस सास्कृतिक कार्यक्रम आयोजना गरियको सभापति बागमती कुमारी ऐरले बताईन् । 

दरखाने कार्यक्रम यही ३१ गते आइतवारका दिन विहान ८ बजेदेखि सञ्चालन हुने बताइएकाे छ ।  कार्यक्रममा सहभागी भइ सफलताका साथ सम्पन्न पार्न सहयोगको लागी सभापति ऐरले सबैलाई अनुरोध गरेकी छिन् ।

तीज आउन अब १ दिन मात्र बाँकी रहँदा गाउँघरमा तीजको रौनकता छाईरहेको छ । दिदीबहिनी जम्मा भएर दर खाएर नाचगान गर्ने क्रम जारी रहेको छ । 

 

प्रतिक्रिया