२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

खोड्पेमा देउडा प्रतियोगिता सम्पन्न , पक्षपाति भएको आरोप

SansherOnline SansherOnline
बिहिबार २८, भदौ २०८० ०८:२९
खोड्पेमा देउडा प्रतियोगिता सम्पन्न , पक्षपाति भएको आरोप

बैतडी : बैतडीको  खोड्पेमा देउडा प्रतियोगिता सम्पन्न भएको  छ । पाटन नगरपालिका वडा नं ८ को कार्यालय, खोड्पे बजार व्यवस्थापन समिति, सिद्धेश्वर खोडपे खानेपानी तथा सरसफाई उपभोक्ता समिति र राम मन्दिर व्यवस्थापन समितिको आयोजना सञ्चालित प्रतियोगिता बिहीवार सम्पन्न भएको  हो । 

देउडा प्रतियोगितामा  प्रथम बैतडीको दशरथचन्द नगरपालिकाका वडा नं  १ श्रीखण्ड घर भएका  केशब दत्त भट्ट भएका छन् ।  यस्तै उत्कृष्ट द्धितिय केशब विष्ट, द्धितिय  गोदावरी पाण्डेय, तृतिय पशुपती  पाण्डेय र श्याम बाग भएका आयोजक समितिका सदस्य  मोहन विष्टले  बताए । 

तर उत्कृष्ट द्धितिय केशब विष्ट भने पक्षपाति भएको आरोप लगायका छन। गायक विष्टले फेसबुकमा लेखदै भनेका हुन्।याे देश कहिल्यै उभाे नलाग्नुकाे एकमात्र कारण हाे,नातबाद,कृपाबाद अनिपाटिबाद,यस्ता निर्णायक हरुलाई लाज लाग्नु पर्ने हाे,कि दर्शले के चाहिराछ,कस्काे खेल उत्कृष्ठ छ,कस्ले बिषय बस्तुलाई समेटेकाे छ,,  

आयोजक समितिका संयोजक राम सिंह बिष्टको सभाध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा पाटन नगरपालिकाका उपप्रमुख कमल सिंह बोहरा प्रमुख अतिथि रहनु भएको थियो । बिशिष्ट अतिथिमा वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्ट, पाटन नगरपालिका १० का वडा अध्यक्ष धन बहादुर कुवँर लगायतको उपस्थिति रहेको थियो । 

 

 

प्रतिक्रिया