२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

लक्ष्मी धामी “रुक्मणी” का ५ मुक्तकहरु

SansherOnline SansherOnline
आइतबार २४, भदौ २०८० ०१:१८
लक्ष्मी धामी “रुक्मणी” का ५ मुक्तकहरु

मुक्तक – १
अर्कालाई लुटिखाने युग, बदल्नुछ आमा ।
बेइमानीको जमाना अनि जुग, बदल्नुछ आमा ।
अत्ति भयो अब त यहाँ अत्याचार र लुटपाट
मान्छे भएर मान्छेलाई दिएको दु:ख, बदल्नुछ आमा।।

मुक्तक – २

गरेर हिड्नु हुन्न नारीले शृङ्गार, अचम्म छ ।
बदलि हाल्छ पुरुषको विचार, अचम्म छ ।
अनुहार राम्रो देख्दा अंगालो हाल्ने हरु
पछि आएर गर्न सक्दैनन् स्वीकार, अचम्म छ।।

मुक्तक – ३

पृथ्वी नै मान्छेको साझा घर, मिल्दैन भन्छन् ।
किन मान्छेले मान्छे सँग थर, मिल्दैन भन्छन् ।
सानो ठूलो भनि समाजमा जातभात छुट्टयाएर
देखाउँछन अनेकथरी डर, मिल्दैन भन्छन् ।।

मुक्तक – ४

म हेर्नेछुँ आकाशको, तारा भएर ।
तिम्रो खुशी यो संसार, सारा भएर ।
तिमी रमाउँदै रमाउँदै बाँचि राख माया
मेरो नभएपनि कसैको, सहारा भएर ।।

मुक्तक – ५

आइरहन्छ बाँचुन्जेल, कस्ले बनायो ।
यस्तै हो भन्छन् भाग्यको खेल, कस्ले बनायो ।
न बदल्न मिल्छ न मेटाउन पनि
किन जिन्दगी सँग हुन्छ सामेल, कस्ले बनायो ।।

 

प्रतिक्रिया