२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ
एमालेभित्रको विवाद उत्कर्षमा

डिलाशैनीमा एमालेभित्रको विवाद उत्कर्षमा,

SansherOnline SansherOnline
शुक्रबार २५, चैत २०७८ ०७:४२
डिलाशैनीमा एमालेभित्रको विवाद उत्कर्षमा,

आशिस माल बैतडी। बैतडीको डिलाशैनी गाउँपालिकामा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ । हिजो बिहीबार डिलाशैनी गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवार छनौट गर्न पंसेरामा एमालेको बैठक बसेको थियो । बैठकमा ४ जना अध्यक्षका आकांक्षी देखिएका छन  ।

सन्तोषप्रकाश जोशी, उकेन्द्र बोहरा, अक्कल राना र प्रेमराज भट्टले अध्यक्षमा दाबी गरेका थिए  । बैठकमा सहभागी गाउँ कमिटीका नेता र कार्यकर्ताले जोशीलाई समर्थन जनाएपछि त्यहाँको माहोलनै फेरिएको थियो  ।

जोशी पक्षका नेता कार्यकर्ताले भोटिङ, हात खडा गरेर या आकांक्षीको पछाडि उभिएर जसको बढी मत हुन्छ उसलाई उम्मेदवार बनाउन सुझाब दिएका थिए  । तर, एमाले जिल्ला अध्यक्ष सुरेन्द्र पाल निकटका नेता कार्यकर्ताले त्यो सुझाव स्वीकार गरेनन् ।

उनीहरुले एमाले गाउँ कमिटीको माइन्यूटनै गायब गरिदिएका छन । । एमाले जिल्ला अध्यक्ष सुरेन्द्र पालका जीप चालक नवराज भट्टले माइन्युट गाइब गरेको एक नेताले जानकारी दिनु भएको छ । उनी पालका सवारी चालक भएपनि तलब भने डिलाशैनी गाउँपालिकाले दिने गरेको बताइएको छ । 

‘पार्टी अध्यक्ष पाल निकटका नेता कार्यकर्ताले बैठकमा ज्यादती गरे,’ जनताको जनादेश पनि न मान्ने जनताको बहुमत पनि न मान्ने यो सुरेन्द्र पाल ले दादागिरी शैली देखाएको पृबिर्ती को अन्तय गर्छौ , नेकपा एमालेको सुर्य चिन्न प्रती जनताको क्रेच हुँदै छ । योग्य बेक्ती र सक्षम बेक्ती लाई हामी अगाडि सार्छौउ अहिले साथी हरु संग बसेर छलफल भैरहेको छ ।

मैले सोतन्त्र उम्मेदवार उठ्नेकी कुनैपाटी प्रवेश गरेर उम्मेदवार उठ्नेमा छलफल भैरहेको छ मलाई जुन तरिकाले साथिहरुले  डिसिजन दिन्छन तेहि तरिकाले अगाडि बडेर डिलाशैनिमा सुरेन्द्र पालको दम्ब र घमण्डको अन्त्य गर्ने जोशिले बताएका छन ।

 

प्रतिक्रिया