२०८१ बैशाख २२ गते शनिबार
ट्रेन्डिङ

रास्वपाले भाद्र १८ गते सिगासमा भेला बोलायो

SansherOnline SansherOnline
शनिबार १६, भदौ २०८० १२:३३
रास्वपाले भाद्र १८ गते सिगासमा भेला बोलायो

बैतडी : राष्ट्रिय स्वतन्त्र पार्टीले यही भदौ १८ गते सिगास गाउँपालिका भेला आयोजना गर्ने भएको छ ।
सिगास गाउँपालिका -२ गाँजरीमा बिहान १० बजे गाउँपालिका भेला आयोजना गर्न लागिएको रास्वपा सिगासले जनाएको छ।

यहि भदौ १८ गते सोमबारको भेला कार्यक्रममा रास्वपा सुदूरपश्चिम प्रदेश महामन्त्री भोजराज जोशी (क्वालिटी) प्रमुख अतिथिको रुपमा सहभागी भई सम्बोधन गर्नुहुनेछन्।

उक्त भेलाबाट पालिका सभापति चयन हुन लागेको सिगास संयोजक सुर्यबहादुर बोहराले बताए।
उक्त भेलामा महामन्त्री जोशी र रास्वपा जिल्ला संयोजक प्रकाशचन्द्र भट्टको पनि उपस्तिथि रहने बोहराले बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीमा आस्था राख्नुहुने सम्पुर्ण सिगास बासीहरूलाई उपस्थितिको लागि अनुरोध समेत गरिएको छ।

प्रतिक्रिया