२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

रक्षा बन्धन आयो मलाई “बाल’’

SansherOnline SansherOnline
बिहिबार १४, भदौ २०८० ०६:५४
रक्षा बन्धन आयो मलाई “बाल’’

विन्दु चन्द, :बर्षैभरि विभिन्न काज त्योहार आउँछन । सबैको घरमा हर्षौल्लास छाइरहन्छ । दाजुभाई–दिदीबहिनिमा मायाप्रेम प्रगाढ हुन्छ ।

तर मलाई कुनै पनि त्योहारले छुन्न किन होला? त्यो मलाई थाहा छैन । मलाई यी कुरा कसरी राख्ने अर्थात कसरी भन्ने ? कुनै शब्द पनि छैनन् । आज रक्षा बन्धन यसलाई म यसरी व्याख्या गर्छु । त्योहार एउटै भएपनि फरक गाउँ, समाज अथवा टोल समुदायमा फरक किसिमले मनाइन्छ । त्योहार एउटै भएपनि हरेक समुदायमा फरक–फरक परम्परा तथा चलनहरु ह्ुन्छन् । यस्तै हाम्रो समुदायमा पनि फरक किसिमले रक्षा बन्धन बाँधिन्छ । 

अहिले गाउँघरमा कसरी रक्षा बन्धन मनाउँछन म अनविज्ञ नै छुँ । किन भने नयाँ प्रबिधि युगसंगै नयाँ चलन तथा संस्कृतिहरुमा पनि नयाँ पन आएको छ । म सानो हुँदा हाम्रो गाउँमा ब्राह्मण (गुरु जी) आउनुहुन्थ्यो । जनै पुर्णिमा अर्थात रक्षा बन्धनको दिन बिहानै ब्राह्मण आएर हरेक घर–घरमा घुम्दै रक्षा धागो नाँडिमा बाँधिदिने गर्नुहुन्थ्यो । 

बिहानै उठेर नुहाई धुवाई गरि मिठा खानेकुराहरु पकाएर बाहुनको प्रतिक्षा गरिन्थ्यो । बाहुन आएपछि रक्षा धागो नाँडिमा बाँध्ने र उहाँकै हातबाट टिका लगाएर बल्ल त्यसपछि खाना खाने र आ–आफ्नो नित्यकर्ममा लागिन्थ्यो । हाम्रै गाउँमा पनि फरक टोलमा फरक किसिमले रक्षा बन्धन मनाउँथे । दलित समुदायमा बाहुन आउन्नन् बहिनिले दाजुभाईको हातमा रक्षा धागो लगाइदिने गर्छन भन्थे । तर हाम्रो समुदायमा भने बाहुनले नै रक्षा धागो बाँध्ने चलन थियो । 

म ३/४ कक्षामा पढ्दाको समयमा अन्तिम रक्षा धागो बाँधेको मलाई याद छ र त्यसपछि घरमा  लगातार ४/५ वर्ष जती नै जुठो पर्यो । सायद त्यसैले होला हामीले सो समयसम्म रक्षा धागो बाँध्न पाएनौँ । तर पछि साना हामी ठुला हुँदै गयौँ । कहिले घरमा कोही नहुने कहिले कोही । त्यस्तै–त्यस्तै किसिमले रक्षा धागो बाँध्न पाएनौँ 

अहिले म विगत ८÷९ वर्षदेखि घर बाहिर छुँ । म (पुर्ण) स–परिवार तथा दाजुभाइ–दिदीबहिनिहरुसंग संगै नबसेको अर्थात त्योहारको समयमा पनि भेटघाट नभएको करिब १४÷१५ वर्ष जती नै भइसक्यो । सायद मलाई याद (ठुली) भएदेखि नै म स–परिवारसंग बस्नै पाएको छैन् । म अहिले २४ वर्षको भएको छुँ ।

आउनुहोस् मेरो परिवारको थोरै वर्णन गर्छुँ 

मेरो परिवारमा ५ दाजुभाई र ७ दिदिबहिनी छौँ । म आफैँलाई अचम्म त यो लाग्छ कि म ठुलो दाई र ठुली दिदीसंग बोल्न पनि लजाउँछुँ ।

पछिल्लो समय २/४ वर्ष मात्रै भयो होला म ठुली दिदी र ठुला दाईहरुसंग अलि शिर ठाडो गरेर बोल्न हिम्मत गर्न सकेको । डर पनि होइन्, तर थाहा छैन आफैँमा लजकता छ । सायद म न जन्मिँदै उनीहरु जागिरे अर्थात प्रदेशि भएर होला । कहिले घरमा नहुने । उनीहरुसंग खेल्न, बस्न नपाएर पनि होला यो लजकता ममा भएको । उनीहरुसंग सिधै बोल्न पनि कस्तो–कस्तो अप्ठ्यारो महसुस हुन्छ अहिले पनि । 

गाउँमा दाजुभाईको माया प्रेम झगडा देख्दा आफुलाई पनि रहर नलाग्ने होइन दाजुभाईसंग खेल्ने रमाउने  । तर मेरो परिस्थिति र मेरो घरको परिवेश नै त्यस्तै छ । हामी स–परिवार अहिलेसम्म कहिल्यै एकसाथ बस्न पाएका छैनौँ । 

पछिल्लो समय डिजिटल प्रविधि बढ्दै गयो । भौगोलिक विकास संगै पुरानो संस्कृतिलाई पनि नयाँ ढाँचामा ढालीएको छ । यो कुराको स्पष्ट सामाजिक सञ्जालबाट हुन्छ । काजबारको समयमा सामाजिक सञ्जाल मार्फत शुभकामना आदान प्रदान त गरिन्छ तर प्रत्यक्ष सामाजिक सञ्जालमार्फत पनि कुराकानि हुन सक्दैन् हामीहरुको । सबै आ–आफ्नो कामकाजमा व्यस्त हुन्छौँ । 

यस्तो भनिरहँदा धेरैलाई कति व्यस्त र ?  फोन गर्न त समय मिलाउन सकिन्छ नि ? तर हामीमा त्यस्तो छैन् । फोनमै पनि हामी सबै एकसाथ सहभागि हुनसक्ने किसिमको समय पनि जुर्दैन् । एक÷एक गरेर १२ जनालाई फोन गर्न पनि भ्याइन्न । अर्थात प्रविधि भएपनि प्राविधिक कारणबस पनि समस्या छ । असम्भव भन्ने त छैन तर अब त मानसिकता नै यस्तो बनिसक्यो कि, के पो त्योहार हो के का लागि पो त्योहार आउँछन् कुनै वास्ता नै हुन्न । हाम्रा लागि त्योहार जात्रा र मेला मात्रै हो । 

सामाजिक सञ्जालमा सबैले परिवार दाजुभाईसंग फोटोहरु अप्लोड गरेको देख्दा मन चसक्क हुन्छ । अरे आज त्योहार पो! है भन्ने हुन्छ । तर परिवार भित्र मात्रै हुने खुसीयालीका त्योहारका लागि कुनै “बाल’’ नै हुन्न । 
आदणिय पाठकवर्गमा जनैपुर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना ।

 

प्रतिक्रिया