२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

गायक विष्टको “घुम्न जाउँ मायालु” गित सार्वजनिक

SansherOnline SansherOnline
सोमबार ११, भदौ २०८० ०९:३८
गायक विष्टको “घुम्न जाउँ मायालु” गित सार्वजनिक

बैतडी : बैतडीको मेलौली नगरपालिका वडा नम्बर १ तल्ला गाउँका गायक दिपक विष्टको “घुम्न जाउँ मायालु” गीत सार्वजनिक भएको छ ।

सुदूरपश्चिमको प्रदेशको मौलीक कला संस्कृतिको संरक्षण तथा उजागर गर्ने एवम् सुदूरपश्चिमको पर्यटकिय क्षेत्रको प्रचार गर्ने उद्देश्यले विष्टले लोकदोहोरी गित बजारमा ल्याएका हुन् ।

विष्टकै शब्द सिर्जना र स्वरमा रहेको सो गीतमा चर्चित लोक गायीका सुनिता बुढा क्षेत्रीले स्वर दिएकी छिन । सो गितमा गायक विष्ट र कलाकार पुजा धामीले अभिनय गरेका छन् ।

सो गितको छायाङ्कन, सम्पादन र निर्देशन कविराज सुनारले गरेका छन । उक्त गित सोमबार मेलौली प्रोडक्सनको युटुव च्यानलबाट सार्वजनिक भएको हो ।

https://www.youtube.com/watch?v=6hMfvKXDeQc&t=3s

प्रतिक्रिया