२०८१ बैशाख २३ गते आइतबार
ट्रेन्डिङ

माओवादीले बैतडीमा विशेष अभियानको पूर्वसन्ध्यामा जिल्लास्तरीय छलफल

SansherOnline SansherOnline
आइतबार १०, भदौ २०८० ०५:२२
माओवादीले बैतडीमा विशेष अभियानको पूर्वसन्ध्यामा जिल्लास्तरीय छलफल

बैतडी : नेकपा माओवादी केन्द्रले बैतडीमा पनि विशेष आन्तरिक अभियानको पूर्वसन्ध्यामा जिल्लास्तरीय छलफल गरेको छ । माओवादी केन्द्रले वडास्तरसम्म नै ‘जनजनमा माओवादी घरघरमा माओवादी’ विषेश अभियान भदौ १६ गतेदेखि मंसिर १५ गेसम्म ३ महिनमा चल्दै छ ।

सोही कार्यक्रमको पूर्वसन्ध्यामा पव्यापक छलफल भएको माओवादी केन्द्रका पाटन नगर कमिटि अध्यक्ष एवं वडा नं १ का वडा अध्यक्ष तर्क सिंह ठगुन्नाले जानकारी दिए । पाटनमा जिल्ला संयोजक शंकर भण्डारीको अध्यक्षतामा बसेको पार्टीको जिल्ला समन्वय समितिको पाँचौ बैठकमा राम प्रशाद तिमल्सिना प्रमुख अतिथि रहनु भएको छ ।

भदौ १६ गते देखि सञ्चालन हुने विशेष अभियानको पूर्वसन्ध्यामा छलफल भएको उनले ठगुन्नाले बताए । ३ महिने अभियानलाई सार्थक तुल्याउन र पार्टीलाई ससक्त बनाउनको लागि आगामी कार्यदिशाका बारेमा पनि छलफल भएको उनले बताए । 

यसैगरी अभियानलाई ससक्त बनाउनको लागि पालिका प्रतिनिधि पनि तोकिएका छन् । माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका नेताहरुलाई ३ महिने विशेष अभियानका पालिका प्रतिनधिको रुपमा तोकिएको हो ।

पुर्चाैडी नगरपालिका सहित डिलासैनी गाउँपालिका –४ र दोगडाकेदार गाउँपाकिलाका–८का लागि माया नेगी, सिगास गाउँपालिकाका लागि गणेश खत्री, पाटन नगरपालिकाका लागि मन्जु बम, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिका–२,३ र ७ का लागि मान बहादुर धामी, डिलासैनी गाउँपालिका–४ बाहेक र दोगडाकेदार–१,४,५ र ६का लागि मान सिंह माल, दशरथचन्द नगरपालिकाका लागि भरत धानुक, मेलौली नगरपालिका र शिवनाथ ५ का लागि  राम प्रशाद तिमल्सिना, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका लागि भक्त बहादुर बिक र नन्द सिंह धामीलाई पालिका प्रतिनिधिको रुपमा नियुक् तगरिएको छ । 

प्रतिक्रिया