२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

सिगास घर भएका रन बहादुरको देउडा गित ‘हान पैतली झम्का देउडा खेल’ बजारमा

SansherOnline SansherOnline
मङ्गलबार ०२, साउन २०८० ०५:३८
सिगास घर भएका रन बहादुरको देउडा गित ‘हान पैतली झम्का देउडा खेल’ बजारमा

बैतडी: बैतडीको सिगास गाउँपालिका घर भएका रनबहादुर बिक “आँसु” को मनछुने देउडा गित “हान पैतली झम्का देउडा खेल” सार्वजनिक भएको छ ।

“हान पैतली झम्का देउडा खेल” बोलको गितमा स्वर रनबहादुर बिक “आँसु” र गौरी भट्टको रहेको छ । लय पनि रनबहादुर बिक “आँसु” कै रहेको छ भने संगीत राजेन्द्र शाह विपीको रहेको छ ।गितमा संगीत संयोजन, रेकर्डिङ, संगीत सम्पादन दिपक संगम बिसीले गरेका छन् भने निर्देशन रमेश बिजुली बिसीको रहेको छ ।उक्त गित भिडियो सहित सार्वजनिक भएको हो ।

भिडियोमा क्यामरा र ड्रोनमा अमृत उपाध्यायको साथ रहेको छ । भिडियो सम्पादन प्रबिन रेश्मी मगरको रहेको छ भने मोडल रनबहादुर बिक “आँसु” र झरना बोहरा रहनुभएको छ ।

टिकटकमा औधी रुपमा रुचाइएको उक्त गित खप्तड म्युजिक युट्युब च्यानल बाट भिडियो सहित ३ दिन अघि मात्र सर्वत्र बजारमा उपलब्ध भएको छ ।

https://www.youtube.com/watch?v=2RrS6eBZVb0

प्रतिक्रिया