२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

शिवरात्रि मेला बैतडीका बिभिन्न ठाउंमा सम्पन्न

SansherOnline SansherOnline
मङ्गलबार १७, फागुन २०७८ ०६:३०
शिवरात्रि मेला बैतडीका बिभिन्न ठाउंमा सम्पन्न

बैतडी । आज शिवरात्रि । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने शिवरात्रि पर्व भगवान शिवको पूजा–आराधना गरी आज देशभर मनाइँएको छ । सोही अवसरमा बैतडीको पत्ताल भुमेस्वर ,ईस्वरी गंगाधाम,पाचपान्डब देबलहाट धाममा पनि विहानैदेखि भक्तजनहरुको भिड लागेको थियो ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा(अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा बालेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज बैतडीको दशरथ चन्दनगर पालीका वडा नम्बर ९ ग्वालेक मा गैरीचाडी धार्मिक सेवासमीतिको आयोजनामा भजन क्रितन देउडा खेलेर महाशिबरात्रि भब्यताका मनाइँएको छ ।

प्रतिक्रिया