२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समिति अध्यक्षमा हरिराम चौधरी विजयी

SansherOnline SansherOnline
मङ्गलबार १७, फागुन २०७८ ०९:५२
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समिति अध्यक्षमा हरिराम चौधरी विजयी

बैतडी। नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समिति अध्यक्षमा हरिराम चौधरी विजयी भएका छन् । सोमबार भएको मतदानमा अध्यक्षका अर्का प्रत्यासी सुदूरपश्चिम सरकारका वन वातावरण तथा पर्यटन मन्त्री मानबहादुर धामीलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।

राष्ट्रिय सभा सदस्य रहेका चौधरीले ११४ मत ल्याएका थिए भने धामीले ९३ मत मात्रै प्राप्त गरेका थिए। त्यसैगरी उपाध्यक्षमा क्रममा मानबहादुर १२४, रणबहादुर कुँवर र अक्कल रावल विजयी भएका हुन्। ३ जना उपाध्यक्षका लागि ७ जनाले उम्मेदवारी दिएका थिए। त्यसैगरी,  सचिवमा जनक सिंह बुढा विजयी भएका छन् । अर्का उम्मेदवार अमरसिंह चौधरीलाई पराजित गर्दै उनी विजयी भएका हुन्। बुढाले १६४ मत प्राप्त गरे भने चौधरीले ३८ मतमात्र ल्याएका थिए।

सहसचिवमा नन्दबहादुर साँउद, रामबहादुर देउकर र अंजिता श्रेष्ठ  विजयी भएका छन्। ३ जना सहसचिवका लागि ५ जनाले उम्मेदवारी दिएका थिए। 

त्यस्तै, कोषाध्यक्षमा कमल कुमारी (शाही) विजयी भएकी छन्। शाहीले ११३ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी विनिता विकले ८४ मत ल्याएकी थिइन्। जम्मा २१० मत मध्ये २१६ मत खसेको निर्वाचन समितिले जनाएको छ। प्रदेश सम्मेलन उदघाटन भएको झण्डै ३ महिनापछि चुनावमार्फत नेतृत्व चयन गरिएको हो।

प्रतिक्रिया