२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

प्रदेश उपाध्यक्ष पदका लागी बैतडीबाटै दुई जनाको उम्मेदवारी,

SansherOnline SansherOnline
सोमबार १६, फागुन २०७८ ०६:१७
प्रदेश उपाध्यक्ष पदका लागी बैतडीबाटै दुई जनाको उम्मेदवारी,

बैतडी । नेकपा माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेश उपाध्यक्ष पदका लागी बैतडीबाटै दुई जनाको उम्मेदवारी परेको छ । सुदुरपश्चिम प्रदेशको दोस्रो बैठकमा प्रदेश उपाध्यक्षका लागी बैतडीबाट प्रेम प्रकाश भट्ट आदित्य र रण बहादुर कुवँरले उम्मेदवारी दिएका हुन् ।

भट्ट बैतडी निर्वाचन क्षेत्र ‘क’ बाट निर्वाचित सुदुरपश्चिम प्रदेश सभा सदस्य हुन् भने कुवँर पुर्चौडी नगरपालिकाका प्रमुख हुन् । दुवै जनाले आफुलाई उपाध्यक्षमा जिताउन प्रदेश सदस्यहरुमा आग्रह गरेका छन् । दुवै जनाले एउटै पदमा उम्मेदवारी दिए पछि बैतडीका प्रदेश सदस्यहरु भने दोधारमा परेका छन् । नेतृत्व चयनका लागी २ सय जनाले मतदान गर्ने बताईएको छ ।

प्रतिक्रिया