२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

महासिबरात्रीको पुर्वसन्ध्यामा गर्‍यो बैतडीका युवाले पत्ताल भुमेस्वर सरसफाइ

SansherOnline SansherOnline
मङ्गलबार ०३, फागुन २०७८ ०५:५३
महासिबरात्रीको पुर्वसन्ध्यामा गर्‍यो बैतडीका युवाले पत्ताल भुमेस्वर सरसफाइ

आशिस माल बैतडी । स्वच्छ प्रदेश स्वस्थ युवा,स्वास्थ युवा समृद्ध प्रदेश समाजका लागी एक दिन भन्ने मुलनाराका साथ धार्मीक तथा पर्यटकिय स्थल पत्ताल भुमेस्वरमा बैतडीका युवाहरुले आज सरसफाई गरेका छन् । पर्यटकिय क्षेत्रको संरक्षण गर्नु सबैको दायित्व भएको भन्दै  सुदुरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय अन्तरगत प्रदेश युवा परिसदको आयोजना मा  बैतडीका युवाले  सरसफाई गरेका हुन । पत्ताल भुमेस्वर धाममा दक्षीण एसियाकै सबैभन्दा ठुलोगुफा, आर्कषक तलाउ तथा रमणीय ठाउँ भएर पनि खासैप्रचारप्रसारमा आउननसकेकाले यसतर्फसरोकारवालाहरुको ध्यान जानुपर्ने  युवा उध्यमी हरुकालागी प्रयटकिय क्षेत्र भएकाले ब्यबसायमा टेवा  पुग्ने  प्रदेश युवापरिसदका कार्यकारी सदस्य लक्ष्मी जोशिले बताउनुभयो ।

आफुहरुले गरेको सरसफाई एकै दिनका लागी भएपनि अरु ब्यक्तिमा समेत पत्ताल भुमेस्वरधाम प्रति सदभाव जगाउन यो कामको थालनी गरेको उहाँले बताउनुभयो ।आगामी दिनमा समेत  पत्ताल भुमेस्वर लगायत अन्य पर्यटकिय स्थल हरुको संरक्षणमा जोड दिने जोशीले  बताउनुभयो । सरसफाई कार्यक्रममा प्रदेश युवा परिसदका कार्यकारी उपाध्यक्ष युवराज कुवर र प्रदेश युवा परिसदका सदस्य इस्वरी दत्त भट्ट राजिब लगायत बैतडीका युवाबिद्यार्थीका साथै पत्रकार तथा प्रहरीचौकी सतबाँजका प्रहरी कर्मचारी हरुको सहभागीता थियो । साथै यो अभियान सुदुरपश्चिमका  नौ ओटै जिल्लाहरुमा सन्चालन भैरहेको छ ।
 

प्रतिक्रिया