२०८१ बैशाख २२ गते शनिबार
ट्रेन्डिङ

‘गठबन्धन चित्त नबुझेन बदलिन्छ, नयाँ सरकार बन्छ’

SansherOnline SansherOnline
शनिबार ०९, असार २०८० १२:५६
‘गठबन्धन चित्त नबुझेन बदलिन्छ, नयाँ सरकार बन्छ’

काठमाडौँ: नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका छन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘हाम्रो पार्टीका लागि मान्छे ज्यान गए जाओस्, काँग्रेस छोड्दिन भन्छ भने आज हामी सरकार गए जाओस् भन्न नसक्ने ? जाओस् न त सरकार । ५ वर्ष जाओस्, १० वर्ष जाओस् । हेर्दा सानो देखिन्छ । हामीले प्रायश्चित गर्नैपर्छ की हामीले हाम्रो सरकार नबन्ला, अरुको सरकार बन्ला भन्ने डरले चुनावअघि नै गठबन्धन गर्यौँ । चुनाव पछाडि सरकार बन्ने, बदल्ने सामान्य कुरा हो।,

नेता थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरेर नयाँ सरकार बन्न सक्ने बताए। उनले भने, ‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठिक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ। नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन। बन्छ, भत्किन्छ भइराख्छ।’

प्रतिक्रिया