२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

राष्ट्रिय युवा परिषद‍्को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त,बस्नेत पत्रकारिता र राजनीति शास्त्र विषयमा स्नातकोत्तर गरेका ब्यक्तीहुन

SansherOnline SansherOnline
बुधबार २१, पुष २०७८ ०९:३२
राष्ट्रिय युवा परिषद‍्को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त,बस्नेत पत्रकारिता र राजनीति शास्त्र विषयमा स्नातकोत्तर गरेका  ब्यक्तीहुन

बैतडी ।राष्ट्रिय युवा परिषद‍्को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद‍्को बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषद‍्को उपाध्यक्षमा नियुक्त गरेको मन्त्रिपरिषद स्रोतले जनाएको छ ।

गत पुस १ गते युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले मन्त्रिस्तरीय निर्णयबाट सिफारिस समिति गठन गरेका थिए । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा।दामोदर रेग्मी नेतृत्वको तीन सदस्यीय सिफारिस समितिले सिफारिस गरेका तीनजना उम्मेदवारहरूमध्ये बस्नेतलाई मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष नियुक्त गरेको हो ।राष्ट्रिय युवा परिषद ऐन, २०७२ को प्रावधान अनुसार परिषदको अध्यक्षमा युवा तथा खेलकुद मन्त्री रहने व्यवस्था छ ।

उपाध्यक्षको कार्यकाल चार वर्षको हुनेछ,झापा दमक स्थायी घर भएका बस्नेतले पत्रकारिता र राजनीति शास्त्र विषयमा स्नातकोत्तर गरेका छन् । अधिवक्ता समेत रहेका बस्नेत नेकपा (माओवादी केन्द्र) को उपत्यका विशेष प्रदेशका सचिव हुन् ।

बस्नेतले विगतमा अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय  सचिव, प्रवक्ता र उपाध्यक्ष लगायतका जिम्मेवारी सम्हालेका थिए । बस्नेतले युवा–विद्यार्थी क्षेत्रमा दुई दशक बढी काम गरेका छन् । जनयुद्धको समयमा बस्नेतका सहोदर दाइ पुष्पराज र भाइ धीरेन्द्र राज्यद्वारा वेपत्ता पारिएका थिए ।

यसअघि परिषद उपाध्यक्षमा नेकपा एमालेका माधव ढुंगेल रहेका थिए । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार बनेपछि ढुंगेल हटाइएका थिए । अन्यत्र हटाइएका पदाधिकारीहरु पुनरबहालीका लागि रिट हाल्न सर्वोच्च गएपनि ढुंगेल रिट हाल्न गएका थिएनन् ।

प्रतिक्रिया