२०८१ बैशाख २७ गते बिहिबार
ट्रेन्डिङ

दार्चुलामा श्रीमतीको हत्या आरोपित एक जनालाई पूर्पक्षका लागि थुना

SansherOnline SansherOnline
मङ्गलबार २०, पुष २०७८ ०८:४१
दार्चुलामा श्रीमतीको हत्या आरोपित एक जनालाई पूर्पक्षका लागि थुना

बैतडी। दार्चुलामा श्रीमतीको हत्या आरोपीत एक जनालाई पूर्पक्षका लागि थुनारा राख्न आदेश दिइएको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ का २७ वर्षीया लक्ष्मी पार्कीको हत्या आरोपित ३३ वर्षीय नरेशराम पार्कीलाई पूर्पक्षको लागि थुनामा राख्न सोमबार आदेश प्राप्त भएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत दार्चुलाका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको बताइएको छ । गत मंसिर २५ गते मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ कुचाकोटमा डेरा गरी बसेका लक्ष्मीको हत्या भएको थियो । हत्या लगत्तै फरार रहेका पार्कीलाई झुलाघाट सीमा नाकाबाट पक्राउ गरिएको थियो । मंसिर २७ गते आरोपितविरुद्व प्रहरीमा जाहेरी दर्ता भएपछि अनुसन्धान सुरु भएको दार्चुला प्रहरीले जानकारी दिएको छ।


 

प्रतिक्रिया