२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

बैतडीका ३ जना किसानलाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार

SansherOnline SansherOnline
सोमबार ११, बैशाख २०८० ०३:५२
बैतडीका ३ जना किसानलाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार

बैतडी : कृषि पेशामा राम्रो गरेका बैतडीका तीन जना अगुवा किसानलाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ 

सोमबारबार जिल्ला सदरमुकाममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय डोटी र एक कार्यक्रमको आयोजना गरि उनीहरूलाई जिल्ला स्तरीय ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’द्वारा पुरस्कृत गरेको हो।

‘भीमदत्त उत्कृष्ट पुरस्कार’ बाट दशरथचन्द नगरपालिकका .९ का महेश पाण्डेय , पाटन नगरपालिका.९ का जयन्ती बिज र मेलौली नगरपालिकका ६ का चिन्तामणि भट्टलाई पुरस्कारसहित सम्मानित गरिएको कृषि ज्ञान केन्द्र बैतडीका मिलन कँडेलले बताए । 

उनीहरुलाई प्रमाणपत्रसहित जनही २५ हजार नगद पुरस्कारले पुरस्कृत गरिएको हो। 

प्रदेश सरकारको नीति अनुसार प्रत्येक जिल्लाका उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने कार्यक्रम अनुसार नै यसपटक बैतडीका ३ जना किसानलाई पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ। 

 

प्रतिक्रिया