२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

चुरिफुरी ट्रेलरः विदेश जाँदा ठगिएका यूवादेखि जग्गामा फसेकाहरुको कथा

SansherOnline SansherOnline
बिहिबार ०८, पुष २०७८ ०८:११
चुरिफुरी ट्रेलरः विदेश जाँदा ठगिएका यूवादेखि जग्गामा फसेकाहरुको कथा

पौष ९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चुरिफुरी’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र रिलिजका लागि एक महिना पनि समय नरहेको समयमा ऋषिराज आचार्यको निर्देशनमा तयार भएको चलचित्रको कमेडी र सामाजिक कथावस्तु उठान गरेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्रमा नव–कलाकारहरु अभिषेक श्रेष्ठ, पुजा पन्तको साथमा रविन्द्र झा, शिशिर भण्डारी, सुवोध गौतम, पवन खतिवडा, दीपक आचार्य, सुरविर पण्डित, सुनिता श्रेष्ठ, सोना बज्रचार्य, राजेन्द्र खाती, लक्ष्मी ढकाल लगायतको अभिनय छ ।

चलचित्रमा अभिषेक अष्ट्रेलिया जाने क्रममा ठगिएको एक यूवाको भूमिकामा देखिएका छन् । राहुल राईको छायांकन, नविन निरौलाको सम्पादन रहेको चलचित्रमा ऋषिराज आचार्यको कथा, पटकथा र निर्देशन छ । चलचित्रमा ऋषिको साथमा रिना ढकालको निर्माण छ । विमला भुषाल, राजेन्द्र खाती, शिव थापा, खेमराज भण्डारी यो चलचित्रका सह–निर्माता छन् ।

चलचित्रमा कमेडीको माध्यमबाट गम्भिर बिषय उठान गरिएको निर्देशक आचार्यले जानकारी दिएका छन् ।

#चुरिफुरी

प्रतिक्रिया