२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ

माओबादी केन्द्र सुर्नया गाउँपालिका अधिबेशन सम्पन्न, अध्यक्षमा बिस्ट

SansherOnline SansherOnline
शुक्रबार १७, मङि्सर २०७८ ०८:०१
माओबादी केन्द्र सुर्नया गाउँपालिका अधिबेशन सम्पन्न, अध्यक्षमा बिस्ट

आषिस माल बैतडी ।
बैतडीको सुर्नया गाउँपालिका मा एकीकृत नेपाल (कम्युनिस्ट )पाटी माओबादी केन्द्र का   बैतडी जिल्ला कमिटी सदस्य एबम सुर्नया गाउँपालिका अध्यक्ष जगदीश कुवर को अध्यक्षता मा अधिबेशन सम्पन्न भएको छ । 
बिहिवार नेपाल कम्युनिस्ट पाटी माओबादी केन्द्र का पाटी केन्द्रिय सदस्य एबम महिला केन्द्रिय उपाध्यक्ष रेनु चन्द को  प्रमुख आथित्यतामा पालिका अधिवेशनले राम बहादुर बिस्टको अध्यक्षतामा ५५ सदस्यीय  कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा राम बहादुर कुवर  दशरथ चन्द ,केशव बहादुर बिस्ट सचिव मा महादेव भट्ट ,सह सचिवमा  पुर्ण बहादुर बिस्ट तथा कोषाध्यक्ष मा हेमा भट्ट चयन भएका अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का बैतडी जिल्ला इन्चार्ज एबम कार्यक्रम का बिशिस्ट अथिती स्वेता भट्टले जानकारी दिनुभएको छ । 
यस्तै कार्यक्रम का बिशिस्ट अथिती नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्र का जिल्ला संयोजक प्रेम प्रकाश भट्ट( आदित्य ) अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का बैतडी जिल्ला इन्चार्ज स्वेता भट्ट माओबादी केन्द्र का पाटी जिल्ला सचिबालय सदस्य नरी भाट लगाएतका नेता कार्यकर्ता को उपस्थिति रहेकोथियो ।

प्रतिक्रिया