२०८० चैत १५ गते बिहिबार
ट्रेन्डिङ

एकृकीत समाजवादी पाटी डोटी द्धारा उमेदवार सिफारीस, प्रत्यक्षमा पुर्व मन्त्री तथा पाटी अध्यक्ष निर्वाचनमा भाग लिने

SansherOnline SansherOnline
आइतबार १२, भदौ २०७९ ०५:२७
एकृकीत समाजवादी पाटी डोटी द्धारा उमेदवार सिफारीस, प्रत्यक्षमा पुर्व मन्त्री तथा पाटी अध्यक्ष निर्वाचनमा भाग लिने

डोटी । आगामी मंशीर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागी एकृकीत समाजवादी पाटी डोटीले उमेदवार सिफारीस गरेको छ । 
पाटी कार्यालय सिलगढीमा बसेको नेकपा एकृकीत समाजवादी पाटी डोटीको सचिवालयको बैठकले संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिक उमेदवारको निर्णय गरी प्रदेश कमीटीलाई सिफारीस गरेको हो । 
सिफारीस हुनेहरुमा निर्वतमान संस्कृति प्रर्यटन तथा नागरीक उड्यन मन्त्री प्रमे आले संघमा प्रत्यक्ष तर्फ निर्वाचनमा भाग लिने छन । त्यसैगरी संघको समानुपातिक तर्फ सुदुर पश्चिम प्रदेश सरकारका निर्वतमान आन्तरीक मामीला तथा कानुन मन्त्री पुर्ण जोशी,ऐश्वरीया भण्डारी विष्ट,महादेब भारती,डम्मरु देब भट्ट रहेका छन । 

त्यसैगरी प्रदेश क– का लागि प्रत्यक्ष तर्फ पाटीका प्रदेश अध्यक्ष हर्क बहादुर सिह र पाटीका डोटी जिल्ला अध्यक्ष दिर्घ राज बोगटी सिफारी भएका छन । 

प्रदेश क– समानुपतीक तर्फ शिवराज खड्का,सिता रायमाझी,गोरख शार्की, धन बहादुर नेपाली, खगेन्द नेपाली सिफारीस भएका छन । 
डोटीको प्रदेश ख–लागि प्रत्यक्ष तर्फ प्रदेश सरकारका निर्वतमान आन्तरीक मामीला तथा कानुन मन्त्री पुर्ण जोशी  र समानुपातिक तर्फ यज्ञ राज जोशी, ताप सिह केलल,मेघराज भट्ट र नेत्र शाही सिफारीस भएका छन । 
सिफारी भएका उमेदवारको सुची आफ्नो राय सहित पाटीको प्रदेश कमीटीले केन्द्रीय कमीटीलाइ  पठाउने छ र केन्दीय कमीटीले भदौ २० गते भित्र उमेदवारको छनोट गरी सक्ने एकृकीत समाजवादी पाटी डोटीका अध्यक्ष दिर्घराज बोगटीले जानकारी दिए । 

अध्यक्ष बोगटीले गठबन्ध भए संघ भागमा परे निर्वतमान संस्कृति प्रर्यटन तथा नागरीक उड्यन मन्त्री प्रमे आले र प्रदेशमा भए आफै निर्वाचन लड्ने जानकारी दिए ।

प्रतिक्रिया