२०८१ बैशाख ११ गते मङ्गलबार
ट्रेन्डिङ

नेकपा माओवादी केन्द्र दशरथचन्द नगरपालिकाको नगरकमिटि अध्यक्षमा गोपाल बोहरा

SansherOnline SansherOnline
बुधबार १५, मङि्सर २०७८ ०७:४०
नेकपा माओवादी केन्द्र दशरथचन्द नगरपालिकाको नगरकमिटि अध्यक्षमा गोपाल बोहरा

 

 बैतडी–
नेकपा माओवादी केन्द्र दशरथचन्द नगरपालिकाको नगरकमिटि अध्यक्षमा गोपाल बोहरा सर्वसम्मत चयन भएका छन् । आज सम्पन्न भएको नगर सम्मेलनले बोहराको अध्यक्षतामा ६५ सदस्यीय नगरकमिटि चयन गरेको हो । कमिटिको उपाध्यक्षमा प्रकाश बोहरा, विष्णु पुजारा र विष्णु जोशी रहेका छन् । 

यस्तै सचिवमा प्रकाश महर,सहसचिवमा सुरेन्द्र बोहरा, कोषाध्यक्षमा करण कार्की लगायत अन्य सदस्यहरु रहेका छन् । 

यस्तै हरिना नाथको अध्यक्षतामा ३९ सदस्यीय अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को नगर कमिटि पनि चयन भएको छ । सो कमिटिको उपाध्यक्षमा कमला लुहार, वसन्ती जोशी र पार्वती ऐर बिष्ट रहेका छन् । 

यस्तै कमिटिको सचिवमा माया बोहरा, सहसचिवमा राजमती लुहार, कोषाध्यक्षमा पार्वती लुहार लगायत अन्य सदस्य रहेका अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का बैतडी जिल्ला इन्चार्ज स्वेता भट्टले जानकारी दिनुभएको छ ।
 

प्रतिक्रिया