२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ
दिन मिल्ने सूचना सूचना अधिकारीले १५ दिनभित्र दिनु पर्ने कानुनी प्रवधान रहेको छ

बैतडी र दार्चुलाका स्थानियतहरुले ईन्धन खर्चको हिसाव लुकाए,

SansherOnline SansherOnline
मङ्गलबार १४, मङि्सर २०७८ ०८:०३
बैतडी र दार्चुलाका स्थानियतहरुले ईन्धन खर्चको हिसाव लुकाए,

बैतडी  बैतडी र दार्चुलाका स्थानियतहरुले ईन्धन खर्चको हिसाव लुकाएका छन् । समाचार प्रयोजनको लागि बैतडीका दशवटै स्थानिय तह र दार्चुलाको सैलशिखर नगरपालिका संग मागिएको गत आर्थिक वर्षको ईन्धन खर्च विवरण तिन महिना हुनलाग्दा सम्म पनि उपलव्ध गराएका छैनन् ।
 
मागेको सूचना उपलव्ध नगराएपछि हिसाव कितावनै नराखी मनपरितरिकाले खर्च गरेकोे संका लागेको छ । स्थानियतहहरु संग भदो २८ गते लिखित रुपमा मागेको ईन्धन खर्चको विवरण अहिले सम्म उपलव्ध गराइएका छैनन् ।
 
सूचनामा गत आर्थिक वर्षमा गाउँपालिका वा नगरपालिकाले जनप्रतिनिधीे, कर्मचारी चढ्ने यातायातका साधनमा कति लिटर ईन्धन कति रुपयाँको खर्च भएको छ सोको विवरण, स्थानियतहले संचालन गरेका स्काभेटर, टिप्पर, एम्बुलेन्स, टेक्टरमा जम्मा कति लिटर ईन्धन कती रुपयाँ बराबरको खर्च भएको छ सोको विवरण मागिएको थियो ।
 
यस्तै स्थानियतह संग कसैले सहयोगमा ईन्धन मागेको भए सोको खर्चविवरण र स्थानियतहले संचालन गरेका स्काभेटर, टिप्पर, एम्बुलेन्स, टेक्टरले गरेको आन्तरिक आम्दानीको विवरण मागेको भएपनि कुनै स्थानियततहले उपलव्ध गराएका छैनन् ।
 
यसरी मागेको विवरण उपलव्ध नगराउँदा यात स्थानिय तहले खर्च लुकाउन खोजका हुन यात अधिकार भन्दा बढि खर्च गरेको हुन पर्छ । स्थानियतहका कर्मचारी, जनप्रतिनिधीहहरुले कार्यालयको काम भन्दापनि आफ्नो व्यक्तिगत कामपनि सवारी साधन प्रयोग गरेको पाईन्छ । दिन मिल्ने सूचना सूचना अधिकारीले १५ दिनभित्र दिनु पर्ने कानुनी प्राबधान रहेको छ  ।

प्रतिक्रिया