२०८१ बैशाख २६ गते बुधबार
ट्रेन्डिङ

विधुत विस्तारका लागि प्राधिकरणका कार्यकारी महानिर्देशक घिसिङलाई दिए जोशीले निवेदन

SansherOnline SansherOnline
बुधबार ०१, असार २०७९ ०३:१९
विधुत विस्तारका लागि प्राधिकरणका कार्यकारी महानिर्देशक घिसिङलाई दिए जोशीले निवेदन

आशिस माल बैतडी । बैतडीका अध्यारा बस्तीहरुमा विधुत बिस्तारको माग राखेर विधुत प्राधिकरणका कार्यकारी महानिर्देशक कुलमान घिसिङलाई निवेदन दिइएको छ । नेपाली कांग्रेस बैतडीका जिल्ला सचिव देवराज जोशीले नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमै पुगेर विधुत प्राधिकरणका कार्यकारी महानिर्देशक कुलमान घिसिङलाई निवेदन दिनुभएको हो ।

जोशीले दोगडाकेदार गाउँपालिकाको वडा न.१ ६ र ८ साविकका रिम सित्तड र कटौजपानी गाविसमा विधुत लाईन बिस्तार नहुदाँ यहाँका नागरिकहरुको अध्यारोमा बस्न बाध्य भएको उक्त समस्या समाधनका लागि विधुत बिस्तार गरिदिन आग्रह गर्दै निदेदन दिनुभएको हो । यस्तै उहाँले विधुत नहुदा देखिएका समस्याका विषयमा जानकारी गराउदैँ छिट्टै विद्युत प्रसारण र वितरण सञ्चालन गरिदिन आवश्यक सहयोग र सहजीकरण गर्न माग गर्नुभयो ।

जोशीले राखेको मागपश्चात प्राधिकरणका कार्यकारी महानिर्देशक घिसिङले तत्काल उक्क्त स्थानहरुका  तत्काल विधुतीकरणको कार्य अगाडी बढाइने बताउनुभयो । 

जोशी २०७९ सालको स्थानीय तहमा दोगडाकेदार गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार समेत रहनुभएको थियो । निर्वाचनका बेला स्थानीय विधुतको माग राखेको र विधुतीकरण गराईने भने  बोलेका कुरा पुरा गर्न नेपाल विद्युत प्राधिकरणको कार्यालयमै पुगेको बताउनुभएको छ ।

दोगडाकेदार गाउँपालिकाको रिम, सित्तड र कटौजपानी क्षेत्रमा विधुत विस्तार नहुँदा यहाँका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । 

प्रतिक्रिया