बैतडी : काठमाडौंमा जारी १४ औं केन्द्र स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको एथलेटिक्स तर्फको ३००० मिटर दौडमा सुदूरपश्चिम प्रथम भएको छ । बैतडी बाट सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै सिगास गाउँपालिकाकी देबकी कुमारी धामीले ३००० मिटर दौड १० मिनेट ५२.८२ सेकेन्डमा पार गर्दै देबकी प्रथम बनेकी हुन ।
देवकी सिगासको शिवलिङ्ग मावि धौलाडीमा अध्ययनरत छन् । उनि गाउँमै हुर्किएर गाउँमै पढिरहेकि छन्।उनलेे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको गाउँपालिका स्तरीय हुदै जिल्ला र प्रदेशमा प्रथम स्थान हासिल गरे पछि केन्द्रीय स्तरीय प्रतियोगिताको लागि छनौट भएकि थिइन।
दुर्गम सिगासमा जन्मिएकि देवकीले दौड रेकर्ड राख्न सफल भएकी छन ।
प्रतिक्रिया