२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

पञ्चेश्वरले गाली र बेइज्जती गर्ने विरुद्ध साइबर क्रायममा मुद्धा दायर

SansherOnline SansherOnline
शनिबार १०, चैत २०८० ०६:२३
पञ्चेश्वरले गाली र बेइज्जती गर्ने विरुद्ध साइबर क्रायममा मुद्धा दायर

बैतडी : पञ्चेश्वर गाउँपालिका ४ का प्रकास चन्द विरुद्ध गाउँपालिकाले सायबर क्रायममा मुद्धा दर्ता गरि कार्वाही अगाढी बढाएको छ । चन्दले भ्रष्टचार विरुद्धको आवाज नामक फेसवुक आईडीबाट बिभिन्न जनप्रतिनिधि, गाउँपालिकामा कार्यरत कर्मचारी र समग्र गाउँपालिकाको बिषयमा गालि बेईज्जत, चरित्र हया र भ्रमात्मक सामग्रीहरु प्रकाशित एवं नकारात्मक समाचारहरु सम्प्रेषण गरेको पाईएकोले सायबर क्रायममा मुद्धा दायर गरिएको बिज्ञप्तिमा उल्लेख छ । चन्द हाल भारतको गुडगाउँमा नोकरी गर्दै आएका छन् ।

चन्दले समाजमा भ्रम सिर्जना गरिरहेको भन्दै जिल्ला प्रहरी कार्यालय बैतडीमा साईबर क्राईम अन्तर्गन मुद्धा दर्ता गरि कार्वाहीको माग गरिएको गाउँपालिका प्रवक्ता जनक चन्दद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

भ्रष्टचार विरुद्धको आवाज नामक फेसवुक आईडीबाट पोष्ट भएका भ्रमात्मक समाचार तथा सामग्रीहरुमा बिश्वास नगरी लाईक, कमेट र सेयर नगरी गैर जिम्मेवारपूर्ण कार्यलाई प्रोत्साहन नगरिदिन विज्ञप्ती मार्फत गाउँपालिकाले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया