२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

बैतडीमा पनि एसईई परीक्षाको तयारी तिब्र : ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले,११ मा भर्ना हुन नपाउने

SansherOnline SansherOnline
बिहिबार ०८, चैत २०८० ०५:४७
बैतडीमा पनि एसईई परीक्षाको तयारी तिब्र : ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले,११ मा भर्ना हुन नपाउने

बैतडी :राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई)को सम्पूर्ण तयारी पूरा गरेको छ।यही चैत्र १५ गतेदेखि सुरु भई २७ गते सम्पन्न हुने एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ। 

बैतडीमा पनि तयारी तिब्र पारिएको  छ । जिल्लामा एसईईको तयारी तिब्र पारिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्कर राज शर्माले जानकारी दिए । बैतडीबाट यस वर्षको एसईई परीक्षामा ५ हजार बढी परीक्षार्थी सहभागि हुँदै छन् । 

२ हजार ४ सय  ५७  छात्र र २ हजार ६ सय ३० छात्रा गरि ५ हजार ८७ परीक्षार्थी  सहभागी हुने छन् ।  नियमितर्फका ४ हजार ६ सय ४जना, ग्रेड वृद्धितर्फका २ सय १०  र प्राविधिक धार तर्फका  २ सय ७३ जना गरि जम्मा ५ हजार  ८७ जना परीक्षार्थीहरु परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले बताए ।

 गत वर्ष  जिल्ला परीक्षा समन्वय समितिको बैठकले एसईई परीक्षा सञ्चालनका लागि तोकेका २५ ओटा केन्द्र नै अहिले  पनि कायम गरिएका बताइएको  छ । केन्द्र तोकिएका विद्यालयका प्रधानाध्यापक नै  केन्द्राध्यक्ष रहने  छन् । 

३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्नेछ छ। ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।

प्रतिक्रिया