२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

सिगास ९ को बजपानी गर्जे सडक निर्माणमा डोलारीको ढिलाइ

SansherOnline SansherOnline
आइतबार ०४, चैत २०८० ०७:५६
सिगास ९ को बजपानी गर्जे सडक निर्माणमा डोलारीको ढिलाइ

गौरव चन्द-बैतडी : बैतडीको सिगास गाउँपालिका ९ बजपानी गर्जे सडक निर्माणमा ढिलाइ भएको छ ।  सडक निर्माणको जिम्मा लिएको डोलारी निर्माण सेवा प्रालिको लापरबाहीका कारण सडक निर्माणको काममा ढिलाइ भएको हो ।

२०७७ साल २ महीना १५ गते काम पूरा गर्ने गरी २०७६ साल ११ महीना ०१ गते डोलारी निर्माण कम्पनीसँग सम्झौता गरिएको भौतिक पूर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ । बजपानी गर्जे सडक निर्माणको जिम्मेवारी लिएको सो ठेकेदार कम्पनीले, समयमै काम पूरा नगरेपछि अहिले सो सडकमा स्थानीयलाई आउजाउ गर्न निकै सास्ती भएको छ ।

चुवादेखि कुडिपातललगायतका स्थानीय सोही सडकबाट दैनिक कामकाजका लागि बजपानीलगायतका विभिन्न ठाउँमा आउजाउ गर्ने गरेका छन् । सडक निर्माणको काममा निकै ढिलाइ भयपछि यहाँका स्थानीयवासीलाई आउजाउमा निकै समस्या र कष्टकर हुने गरेको स्थानीयहरु बताउ छन ।

म्याद थपिएपनि अहिले सम्म काम सम्पन्न नभएकोले पुन काम गर्न लगाउने गरी पत्राचार गरेको भौतिक पूर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ ।

प्रदेश र सङ्घीय सरकारले गाउँको विकास छिटो गर्ने गरेर स्थानीयलाई उपलब्ध गर्दै आएका अधिकांश योजना ठेकेदारको लापरबाहीका कारण यसरी नै अलपत्र पर्ने गरेका छन् । 
 

प्रतिक्रिया