२०८१ बैशाख १९ गते बुधबार
ट्रेन्डिङ

एकिकृत समाजवादीको सचिवालय बैठक बस्दै

SansherOnline SansherOnline
सोमबार २१, फागुन २०८० ०३:५५
एकिकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाण्डौ : नयाँ गठबन्धनमा सहभागी हुने नहुने विषयमा नेकपा एकिकृत समाजवादी पार्टी अन्योलमा परेको छ । नेकपा एमालेसँगको निकै खराब सम्बन्धका कारण केही नेताहरुले एमालेसहितको यो गठबन्धनमा जान नहुने धारणा राखेका छन् ।

केहीले भने गठबन्धनमा जानुपर्ने तर्क राखेका छन् । पछिल्लो राजनीतिक घटनाक्रम र गठबन्धनमा सामेल हुने/नहुनेबारे छलफल गर्न अहिले केहीबेरमा सचिवालयको बैठक बस्न लागेको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताउनुभयो ।

कम्युनिष्ट पार्टीहरुकै बीचमा गठबन्धन भएकाले धेरै नकारात्मक हुन जरुरी नभएको पनि खनालले बताउनुभएको छ । अहिले प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादीका नेता बेदुराम भुसाल कृषिमन्त्री, प्रकाश ज्वाला भौतिक पूर्वाधारमन्त्री र नन्दा चपाईं भौतिक पूर्वाधार राज्यमन्त्री हुनुहुन्छ । माओवादीले एकीकृत समाजवादीलाई पनि सँगै लिएर जाने निर्णय गरे पनि एमालेले भने यो विषयमा अहिलेसम्म प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया