२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

प्रहरी प्रशासनले दुदीलाखान–गाजरी सडक एकलौटी रुपमा खोलेपछि,संघर्ष समितिले पुन बन्दगरे

SansherOnline SansherOnline
शनिबार १९, फागुन २०८० ०८:१६
प्रहरी प्रशासनले दुदीलाखान–गाजरी सडक एकलौटी रुपमा खोलेपछि,संघर्ष समितिले पुन बन्दगरे

बैतडी : बैतडीको सिगास गाउँपालिका १ को दुदीलाखान देखि गाजरी जोड्ने सडक पुनः बन्द गरिएको छ । शनिबार दउँसो प्रहरी प्रशासनले यसअघि बन्द गरिएको सडक एकलौटी रुपमा खोलेपछि दुदीलाखान–गाजरी–कुर्चीनटा –गर्जे सडक संघर्ष समितिले पुनः सडक बन्द गरेको हो । 

दुदीलाखान आसपासका क्षेत्रमा स्थानीयहरुले सडकमा ढुंगामुडा राखेर सडक पुनः अबरुद्ध पारेका हुन् । प्रशासनले संघर्ष समितिसँग कुनै पनि समन्य नगरी एकलौटी रुपमा सडक खोलेपछि पुनः सडक अबरुद्ध पारेको संघर्ष समितिका संयोजक पवन चन्दले जानकारी दिए । आफुहरुसँग कुनै समन्वय तथा जानकारी नगरी बलजफ्ती रुपमा सडक खोलेकाले पुनः सडक बन्द गरिएको उनले बताए । 

कुर्चीनेटादेखि गर्जे जोड्ने सडक अघि बढाउनुपर्ने माग राख्दै संघर्ष समितिले फागुन ८ गतेदेखि सडक बन्द गर्दै आएको छ । 

लामो समयदेखि कुर्चीनेटादेखि गर्जे जोड्ने सडक अघि बढाउनुपर्ने भन्दै संघर्ष गरिदै आएको भएपनि गाउँपालिकाले यस मागप्रति चासो नदिएको संघर्ष समितिको आरोप छ । सडक खोल्नको लागि प्रहरी सशस्त्र प्रहरीको टोली गएको थियो ।

प्रतिक्रिया