२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

सिगासमा फेरि अर्को संघर्ष समिति गठन : गाजरी धौलाडी काठाकै सडक अघि बढ्नु पर्ने माग, कुर्चीनेटा कहिले पनि हुदैन

SansherOnline SansherOnline
शनिबार १९, फागुन २०८० ०७:३९
सिगासमा फेरि अर्को संघर्ष समिति गठन : गाजरी धौलाडी काठाकै सडक अघि बढ्नु पर्ने माग, कुर्चीनेटा कहिले पनि हुदैन

बैतडी : बैतडीको सिगास गाउँपालिका वडा नं २ गाजरीमा संघर्ष समिति गठन गरिएको छ । गोपाल सिंह धामीको संयोजकत्वमा गाजरी धौलाडी देखि काठा हुदै गाउँपालिकाको केन्द्र गर्जेसम्म जोड्ने सडक निर्माणको काम सम्पन्न गर्न माग गर्दै संघर्ष समिति गठन गरिएको हो । शुक्रबार गाजरीमा भएको स्थानीय भेलाले धामीको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको हो । 

उक्त सडक निर्माण सम्पन्न हुनको लागि ३ किलोमिटर सडकको ट्याक खोल्न मात्रै बाकी रहेकाले सरकारले उक्त सडक निर्माण सम्पन्न गर्नमा जोड दिनको लागि दवाव दिन धामीको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको हो । 

यसैगरी वडा नं १ मा पनि गठित संघर्ष समितिले विभिन्न संघर्षका कार्यक्रम गर्दै आएको छ । बिगत १० दिन देखि दुदीलाखान देखि गाजरी जोड्ने सडक बन्द गर्दै संघर्षमा उत्रिएको छ । 

गाजरीदेखि धौलाडी र गर्जे हुदै देउरासम्म जोड्नको लागि सरकारले २०६८ सालको योजना आयोगमा समेत समाबेस भएको सडक भएकाले यही सडकलाई अघि बढाउनुपर्ने निस्कर्ष निकालेको छ । जंगल बचाउनुपर्ने र संरक्षीत बनलाई संरक्षण गर्ने लक्ष रहेको समेत धामीले बताए ।

प्रतिक्रिया