२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

राप्रपाका अध्यक्ष लिङ्गदेनले डडेल्धुरा पुगेर सोधे सदरमुकाम यही हो र ?

SansherOnline SansherOnline
मङ्गलबार २३, माघ २०८० ०७:२७
राप्रपाका अध्यक्ष लिङ्गदेनले डडेल्धुरा पुगेर सोधे सदरमुकाम यही हो र ?

तर्कराज भट्ट-डडेल्धुरा :राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पाँच चोटी प्रधानमन्त्री पाएको डडेल्धुरा जिल्लाको हालत देख्दा दुःख लागेको बताए । मंगलवार डडेल्धुरा जिल्ला सदरमुकामको बसपार्क क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समितिले आयोजना गरेको बृहत आम सभामा उनले यस्तो बताएका हुन । 

डडेल्धुरा जिल्ला पुग्दै गर्दा बाटोमै नागरिकहरुले खानेपानी र बिजुली अहिलेसम्म पाउँन नसकेको कुरा राखेको भन्दै उनले यसप्रति झनै दुःख लागेको बताए । उनले यहाँ आफु कसैको आलोचना गर्न नभई राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको यो नविनतम अभियानमा साथ दिन आम नागरिकहरुलाई आग्रह गरे । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले मुलुकभर यसरी नै आम जनतासंग जोडिने, आम जनताको कुरा सुन्ने र आफ्नो कुरा पनि भन्ने अभियानमा लागेको बताए । जुन देशको जनसंख्या तिन करोड पुगेको छैन त्यो देशको ५० औँ लाख युवाहरु बैदेशिक रोजगारीमा रहेको उनले सुनाए । 

पैसा तिर्न सक्नेहरु, सहकारीले पत्याउनेहरु पासपोर्ट बनाएर बिदेश गएका तर साहुले पनि नपत्याउने, सहकारीले नपत्याउने र घरमा पैसा नभएकाहरु दिल्ली बम्बैमा भएका र उनीहरुको तथ्यांक अझै धेरै भएको अनुमान सहजै लगाउन सकिने उनले बताए । अहिले देश बर्बादमा लागेको उनको आरोप छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देन प्रमुख अथिति रहेको उक्त कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी विशिष्ठ अतिथि रहेका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला कार्य समिति अध्यक्ष राजेन्द्र भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो । 

प्रतिक्रिया