२०८१ बैशाख २२ गते शनिबार
ट्रेन्डिङ

बैतडीमा भोली बिहान ७ बजे देखि साँझ ५ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने

SansherOnline SansherOnline
शुक्रबार १९, माघ २०८० ०९:३३
बैतडीमा भोली बिहान ७ बजे देखि साँझ ५ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने

बैतडी : बैतडीमा भोलि १० घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।  नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले एक सूचना जारी गरेर माघ २० गते विहान ७ बजे देखि साँझ ५ बजेसम्म १० घण्टा विद्युत सेवा अवरुद्ध हुने जनाएको हो ।

गोठलापानी सव स्टेसनमा ११ केभि प्यानेललाइ नयाँ प्यानेलबाट परिवर्तन तथा सुधारको कार्य भैरहेकोले विद्युत सेवा अवरुद्ध हुने बताइएको छ । जारी कार्य चाँडै सम्पन्न भए तोकिएको समय भन्दा अगाडीनै विद्युत सेवा सुचारु हुने समेत सूचनामा उल्लेख गरिएको छ ।

पाटन नगरपालि बजार भित्र भने सुर्नयागाड जल विद्युत आयोजनाले बिद्युत प्रवाह गर्ने छ ।

प्रतिक्रिया