२०८१ बैशाख २२ गते शनिबार
ट्रेन्डिङ

बैतडीमा जिप दुर्घटना १ जनाको मृत्यु , ७ जना घाइते

SansherOnline SansherOnline
मङ्गलबार १६, माघ २०८० ०४:४७
बैतडीमा जिप दुर्घटना १ जनाको मृत्यु , ७ जना घाइते

बैतडी : बैतडीमा जिप दुर्घटना भएको  छ । जिल्लाको दोगडाकेदार  २ कटौजपानीमा दुर्घटना भएको हो । सिल्लेगडा बजारबाट यात्रु बोकेर कालागोरा गाउँ जाँदै गरेको  सु प्र ०१००ज १५३७ नम्बरको बोलेरो जिप कटौज पानीमा दुर्घटनामा परेको  जिल्ला प्रहरी कार्यालय  बैतडीका  प्रवक्ता नन्दराज जोशीले  जानकारी  दिए ।

जिप दुर्घटना हुँदा १ जनाको  मृत्यु भएका  छ  भने चालक सहति ७ जना घाइते भएका  छन् ।दोगडाकेदार  गाउँपालिका वडा नं ८  कालागाउँकी १५ वर्षिया मनिषा विष्टको  घटनास्थलमै  मृत्यु भएको प्रहरी प्रवक्ता जोशीले  बताए ।

घाइते ७ जनाको  जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको  छ । घाइते हुनेमा वडा नं ८ का चालक समेत रहेका ३० वर्षीय भुपेन्द्र बिष्ट, सोही ठाउँका ६५ वर्षीय गणेश बिष्ट, ५० वर्षीया बिरे लुहार, २६ वर्षीया घुमरा बिष्ट, ५० वर्षीया कृष्णा बिष्ट, ७० वर्षीया हरिमाया बिष्ट र १७ वर्षीय महेश बिष्ट  रहेका प्रहरी निरिक्षक जोशीले बताए ।  प्रहरीका अनुसार जिपमा ८ जना सवार थिए । जिप सडकबाट ५० मिटर तल खसेको  बताइएको  छ ।   

प्रतिक्रिया