२०८१ बैशाख २२ गते शनिबार
ट्रेन्डिङ

आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइँदै

SansherOnline SansherOnline
मङ्गलबार १६, माघ २०८० ०९:४४
आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं: प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस विविध कार्यक्रम गरी आज (मंगलबार) देशभर मनाइँदै छ। प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ।

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। २०१२ सालदेखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।

शहीद दिवसका अवसरमा देशभर नै प्रभातफेरी, अन्तर्क्रिया कार्यक्रम आयोजना हुन्छन्।

दशरथचन्दको जन्मभुमी बैतडीमा पनि पाटन नगरपालिकामा निमार्ण भएका जेष्ठ शहिदको शालीकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ । भने पाटन नगरपालिका वडा नम्बर १ ले बिद्यालयमा बिशेष कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

प्रतिक्रिया